प्रहरीले हमालकाे हत्या गरेको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन, सार्वजनिक यातायात ठप्प – Nepal Press

प्रहरीले हमालकाे हत्या गरेको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन, सार्वजनिक यातायात ठप्प

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकाका कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणका कारण आज सुर्खेतमा सार्वजनिक यातायात ठप्प छन् । सुब्बाकुना प्रहरीले हमाललाई कुटेर हत्या गरेको आरोपमा स्थानीयले विरोध प्रदर्शन गरेपछि सार्वजनिक यातायात ठप्प भएको हो ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनैपनि सवारी साधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोकचोकमा प्रहरी खटाइएको छ ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको शनिबार बिहान मृत्यु भएको हो । तर आफन्तहरुले सुब्बाकुनामा प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप लगाएर शनिबार साँझ वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

सुर्खेत–कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य शाहीले न्यायको माग गर्दै प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगर छिर्ने मुख्य नाका सुब्बाकुनामा प्रहरीले गलत गरेको भन्दै ‘पहुँचवालाले जे पनि गर्न हुने, पहुँचविहीनलाई दबाएर घटना अतिरञ्जित गर्न खोज्नु मुर्खता हो । न्याय नपाएसम्म प्रदर्शन गर्छौ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *