सुर्खेतमा खुल्यो ग्याविन वायर उद्योग – Nepal Press

सुर्खेतमा खुल्यो ग्याविन वायर उद्योग

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १२ मा पहिलोपटक ग्याविन उद्योग सञ्चालनमा आएको छ । ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) दैनिक उत्पादन गर्न सक्ने क्षमतासहित सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याइएको हो ।

चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले जानकारी दिए । मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिने अध्यक्ष रेग्मीको भनाई थियो । विगतमा कर्णाली प्रदेशमा ग्याविन उद्योग नहुँदा अन्य प्रदेशबाट ग्याविन आयात गर्नुपर्ने अवस्थाको करिब अन्त्य भएको उनले बताए ।

‘तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले अप्रत्यक्ष र प्रत्यक्ष रुपमा ४० जनालाई रोजगारी दिइएको छ । ‘यसअघि ग्याविन तारजाली बाह्य जिल्लाबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो ।’ रेग्मी भन्छन्, ‘सुर्खेतमै उद्योग स्थापना भएपछि ढुवानी खर्च बच्ने र सस्तो दरमा यहीँबाट ग्याविन तारजाली पाउने व्यवस्था गरिदिएका छौं ।’ उनका अनुसार १५ करोड लागतमा उद्योग सञ्चालनमा भएकाे हो ।

उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको छ । उद्योग सञ्चालनतर्फ पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मी रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *