तेस्रो संस्करणको हाइड्रो एक्स्पो चैत्र तेस्रो साता – Nepal Press

तेस्रो संस्करणको हाइड्रो एक्स्पो चैत्र तेस्रो साता

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आगामी चैत्र तेस्रो साता आयोजना हुने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत्र १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको हो ।

नेपालस्थित भारतीय दूताबासको समन्वय तथा बेलायती दूताबास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने गरि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुने बताइएको छ ।

भारतीय दूताबासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

जलविद्युतको बजार बिस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उनको भनाई छ ।

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तिब्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यमा टेवा पुर्याउने लगायतका उद्धेश्य सहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकको अपेक्षा छ ।

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामूनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् ।

विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

विद्युतीय सवारी साधनको ¥याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताए ।

विद्युतीय सवारीका साथै विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिनु पर्ने बताउँदै उहाँले यसबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने बताए ।

५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *