बालबाटिका क्रिकेट लिग-३ सुरु, गुरुकुल एकेडेमीको विजयी सुरुआत – Nepal Press

बालबाटिका क्रिकेट लिग-३ सुरु, गुरुकुल एकेडेमीको विजयी सुरुआत

कैलाली । बर्दगोरियामा विद्यालयस्तरको यू–१९ क्रिकेट प्रतियोगिता बालबाटिका क्रिकेट लिग–३ मंगलबारदेखि सुरु भएको छ ।

बालबाटिका विद्या मन्दिरको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको गुरुकुल एकेडेमी विजयी भएको छ । कर्णाली मा बि लाई ४ विकेटले पराजित गर्दै गुरुकुल एकाडेमी विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली मा वि टिकापुरले निर्धारित २० ओभर मध्य १९.३ ओभरमा अल आउट हुँदै १ सय २ रन बनाउन सक्यो ।

कर्णालीका लागि अशोक रावलले ३२ बलमा ६ चौकाको मद्दतले ३६ रनको योगदान गरे । यसैगरि रोशन भुलले २० बलमा २ चौका र १ छक्काको मद्धतमा २३ रनको योगदान गरे ।

कर्णालीमा बी लाई १ सय २ रनमा रोक्ने क्रममा गुरुकुलका कप्तान संगम बिस्टले ४ ओभरमा १७ रन खर्चेर ५ बिकेट लिए । यसै गरि सुनिल भण्डारी र हिक्मत खत्रीले समान २र२ बिकेट लिए ।

१ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा गुरुकुल एकाडेमिले निर्धारित २० ओभर मध्य १४.२ ओभर खेल्दै ६ विकेट गुमाउदै ४ विकेट जित निकालेको हो । गुरुकुलका लागि सुनिल भण्डारीले ३६ र कप्तान संगम बिस्टले २० रन बनाए ।

खेलको प्लेयर अफ द म्याच संगम विष्ट घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक स्कुल बालबाटिका र सन्त निरंकारी टिकापुर एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गणेशबाबा स्कुल र होलिल्याण्डबीच हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर