एमसीसी अनुमोदनले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइ दियो : परिसंघ – Nepal Press

एमसीसी अनुमोदनले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइ दियो : परिसंघ

काठमाडौं । एमसीसी अनुमोदले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा गएको नेपाल उद्योग परिसंघले बताएको छ ।

लामो छलफल र बहसपछि नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच २०७४ भाद्र २९ गते भएको सम्झौता (एमसीसी कम्प्याक्ट) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।

संसदीय अनुमोदनसँगै तोकिएको अवधिमा सम्झौताबमोजिका आयोजना कार्यान्वयन भइ नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने नेपाल उद्योग परिसंघको बुझाइ छ ।

एमसिसी सम्झौता संसदीय अनुमोदनसँगै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिन र विश्वास अभिवृद्धिमा टेवा पुग्ने परिसंघले बताएको छ ।

‘एमसीसी कम्प्याक्टमा उल्लेख भएबमोजिम आयोजना कार्यान्वयन प्रारम्भ भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधान नेपालको विकास व्यवस्थापनका लागि नमूना सावित हुनेछ । विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसिसीअन्तर्गतका आयोजनाले भूमिका खेल्ने हाम्रो विश्वास छ । मिलेयिनम च्यालेन्ज अकाउन्ट नेपाललाई सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न आग्रह गर्दछौँ ।’ परिसंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमसिसी सहयोगअन्तर्गत निर्माण हुने चारसय केभी क्षमताका लप्सिफेदी–रातामाटे, राटामाटे–हेटौँडा, रातामाटे–दमौली–बुटवाल प्रसारण लाइन र सबस्टेसन नेपालको आन्तरिक विद्युत प्रसारण प्रणालीको सुधार र अन्तरदेशीय विद्युत व्यापारका लागि महत्वपूर्ण छ ।

साथै पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु–दाङ खण्डको स्तरोन्नति त्यस क्षेत्रको आर्थिक विकास, व्यापार सहजीकरण र जीवनस्तर सुधारका लागि महत्वपूर्ण परिसंघले बताएको छ ।

परिसंघका अनुसार हाल नेपालमा विदेशी मुद्रा सञ्चितिको न्यूनतम पूर्तिका लागि समेत उपयोगी हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *