विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा (सूचीसहित) – Nepal Press

विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा (सूचीसहित)

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादब, सागर ढकाल र गुल्सन झा छन् ।

यस्तै, करन केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ, सुसन भारी, राजु रिजाल र अनिलकुमार शाह रहेका छन् ।

टी-२० विश्वकप छनोटका लागि ओमान यात्रा गरेका अविनाश बोहरा, कुशल मल्ल, जितेन्द्र मुखियालगायत पनि टोलीमा छैनन् ।

नेपालले आगामी त्रिकोणात्मक शृंखलामा यूएई र पपुआ न्युगिनी सम्मिलित शृंखला खेल्दै छ ।

प्रतियोगितामा नेपाल ८ खेलबाट ८ अंक जोडेर सहभागी ७ टोलीमध्ये छैटौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ओमानको २३ खेलबाट ३० अंक छ ।

प्रतियोगितामा एउटा टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्छ। शीर्ष तीन टोली एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर