एक खेल अगावै एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा – Nepal Press

एक खेल अगावै एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा

काठमाडौं । ज्योती पाण्डेको अर्धसतक प्रेरित ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लगातार तेस्रो जित निकालेको एपीएफ एक खेल अगावै फाइनल पुगेको हो । मेयर–११को यो लगातार तेस्रो हार हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मेयर–११ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८० रनको योगफल तयार गरेको थियो । मेयर–११ले दिएको लक्ष्य एपीएफले १३ ओभरको समाप्तिमा तीन विकेटको क्षतीमा पुरा गर्यो ।

ललितपुरको ब्याटिङमा सुमन खतिवडा सर्वाधिक ३० रन जोडेर आउट भइन् । यस्तै आरती बिडारी २१ रनमा अविजित रहँदा अन्य ब्याटर दोहोरो रन जोड्न असफल रहे ।

एपीएफको वलिङमा करुणा भण्डारी र सुमन विष्टले समान एक विकेट लिए । एपीएफका लागि ओपनर ज्याती पाण्डेले ५६ रनको उत्कृष्ट अविजित ईनिङ खेलिन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।

कप्तान सिता राना मगर पहिलो बलमा आउट हुँदा ममता चौधरी ५ रन, सरिता मगर ८ रन र रोमा थापा ११ रन जोड्न सफल भए । मेयर–११ को वलिङमा अनुराधा चौधरीले एक विकेट लिइन् ।

एपिएफ ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । एपीएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा प्रदेश १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई समान ६ विकेटले हराएको एपीएफले फाइनलमा दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै,मेयर–११ पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रन र दोस्रो खेलमा लुम्बिनीसँग २ रनले पराजित भएको थियो । ललितपुरले आफ्नो अन्तिम खेल आइबार प्रदेश १ सँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर