बाँकेमा भन्सार जाँचका लागि ल्याइएको डेढ करोडको मेसिन प्रयोगविहीन (भिडिओ) – Nepal Press

बाँकेमा भन्सार जाँचका लागि ल्याइएको डेढ करोडको मेसिन प्रयोगविहीन (भिडिओ)

बाँके । सरकारले खरिद् गरेको डेढ करोड मूल्य बराबरको मेशिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन भएको छ । करिब ५ वर्षअघि ल्याइएको ब्याग एक्सरे मेशिन दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो ।

सीमा सुरक्षाका लागि महँगोमा खरिद् गरिएको सो मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी खेर गएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने, ‘भन्सारलाई प्रविधिमैंत्री बनाउन यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन । भन्सार कार्यालय जमुनाह नाकाभन्दा टाढा र भित्र परेको हुँदा पनि मेशिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिदैन ।’

नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवतजावत हुने गरे पनि सो नाकाबाट अवैध क्रियाकलापका लागि भने कुनै सुरक्षा छैन ।

प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो, त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन् । जसले गर्दा वैध सामान नेपाल भित्रिने गरेका छन् ।

भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भईरहेको भन्सार कर्मचारी बताउँछन् ।

सो नाकाबाट दबै देशका नागरिकहरु आवतजावत हुने गरेपनि सो मेशिनबाट चेकजाँच भने हुने गरेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *