आईसीसी वरियतामा कुशल, सन्दीप र दीपेन्द्रको प्रगति, तीनैजना टप ५० मा – Nepal Press

आईसीसी वरियतामा कुशल, सन्दीप र दीपेन्द्रको प्रगति, तीनैजना टप ५० मा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले आइएसीसी टी-२० वरियतामा ठूलो छलाङ मारेका छन् ।

आइसीसीले मंगलबार सार्वजानिक गरेको वरियता अनुसार यसअघि ब्याटिङतर्फ ६५औं स्थानमा रहेका कुशल ३९औं स्थानमा पुगेका छन् । बलिङतर्फ ६३औं स्थानबाट सन्दीप ४३औं स्थानमा पुगेकाछन् ।

दीपेन्द्रसिंह ऐरी पनि तीन स्थान सुधार गर्दै ५०औं स्थानमा रहेका छन् ।

वरियतामा खेलाडीको स्थान सुधारहुँदा राष्ट्रिय क्रिकेट टोलीको भने स्थान खस्किएको छ ।

यसअघि १३औं स्थानमा रहेको नेपाल दुई स्थान तल झर्दै १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर