ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित – Nepal Press

ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

एपीएफका लागि रोमा थापा सबैभन्दा धेरै २३ रन बनाएर अविजित रहिन् । ममता चौधरीले १४ रन योगदान गर्दा ओपनर ज्योती पाण्डे ११ र कप्तान सिता राना मगर ४ रनमा आउट भए । इन्दु वर्माले १० रन जोडीन भने सरिता मगर ९ रन बनाउन सफल भइन् ।

सुदूरपश्चिमको वलिङमा इश्वरी विष्टले २ तथा रितु कानोउजियाले एक विकेट लिइन् ।

पहिला ब्याटिङ गरेको सुदुरपश्चिमका लागि कविता कुँवर १८ रन, विन्दु रावल डोली भट्ट समान ११ रन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

एपीएफको वलिङमा सोनु खड्काले सबैभन्दा धेरै तीन विकेट लिइन् । यस्तै, करुणा भण्डारी र सिता राना मगरले समान २ विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन् ।

यसअघि मंगलबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमले ललितपुर मेयर–११ लाई ५८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर