सेयर बजारमा आज पनि सुधार, नेप्से १७ अंकले बढ्यो – Nepal Press

सेयर बजारमा आज पनि सुधार, नेप्से १७ अंकले बढ्यो

काठमाडौं । आज सेयर बजार १७.४२ अंकले वृद्धि भएको छ । हिजो पनि बजार दोहोरो अंकले वृद्धि भएको थियो । आज ०.६४ प्रतिशतले बजार वृद्धि हुँदा नेप्से परिसूचक २७३५.९३ अंकमा पुगेको छ ।

आज ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रूपैयाँको सेयर कारोबार भएको छ । भने २ सय २८ वटा कम्पनीका ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर खरिदबिक्री भएको छ ।

मैलुङखोला जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *