सुनको मूल्य दैनिक उकालो लाग्दै, आज तोलामा ८०० ले बढ्यो – Nepal Press

सुनको मूल्य दैनिक उकालो लाग्दै, आज तोलामा ८०० ले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *