नेपालको घातक बलिङसामु क्यानडा संकटमा, सन्दीप र कमल हावी – Nepal Press

नेपालको घातक बलिङसामु क्यानडा संकटमा, सन्दीप र कमल हावी

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडासामु दबाबपूर्ण प्रदर्शन गरेको छ ।

क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको छ । कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए । अविनाश बोहरा र कुशल मल्लले एक एक विकेट हात पारे । ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ७ विकेट गुमाएको हो ।

समूहका अघिल्ला दुवै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । तर, क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्नेछ । क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ ।

समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ । नेपालको नेट रनरेट करिब साढे ४ अंक छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ। क्यानडाको नेट रनरेट साढे २ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर