ए डिभिजन लिग : मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा – Nepal Press

ए डिभिजन लिग : मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

काठमाडौं । मेसुके ओलमोउको निर्णायक गोलमा ए डिभिजन लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै न्यूरोड टिम (एनआरटी) लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा एनआरटीलाई जित दिलाउन मेसुकेले खेलको २६औं मिनेटमा गोल गरेका थिए । उनले एरिक विष्टको फ्रि कीकलाई नियन्त्रणमा लिँदै पेनाल्टी एरियाबाट सुन्दर फिनिस गरेका थिए । सोही अग्रतालाई खेलको निर्धारित समयसम्म जोगाउँदै एनआरटीले मनाङलाई हराएको हो ।

यो सँगै मनाङ ११ वर्षपछि लगातार दुई हार व्यहोर्न बाध्य भएको छ । यसअघि ११औं चरणको खेलमा एपीएफ क्लबसँग ३–१ गोलको लज्जास्पद हार बेहोरेको थियो ।

पराजित मनाङ समान अंकसहित हेड टु हेडका आधारमा तालिकाको तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर