जावलाखेल रेलिगेसनबाट जोगियो – Nepal Press

जावलाखेल रेलिगेसनबाट जोगियो

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई २–१ गोल को नतिजामा हराउँदै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन संकट टारेको छ ।

जितसंगै १२औं चरणको समाप्तीमा १३ अंक जोडेको जावलाखेल लिग तालिकाको १०औं स्थानमा छ। जुन रेलिगेसनको दबाबमा रहेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भन्दा ६ अंक बढी हो भने १२औं स्थानको फ्रेन्ड्सभन्दा तीन अंक बढी हो ।

यसअघि शनिबार फ्रेन्ड्ससंग २–१ को नतिजामा पराजित हुँदै च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भइसकेको छ । बीबीसीले सोमबार सातदोबाटोविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सो खेलमाा पराजित भए बीबीसी रेलिगेट हुने दोस्रो टोली हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलको १४औं मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिएका थिए । उनले कर्नरमार्फत प्रहार गरेको बल सोझै गोलमा परिणत भएको थियो ।

अमृत श्रेष्ठले ७१औं मिनेटमा गरेको एक्रोब्याटिङ सट सोझै गोलमा परिणत भएसंगै हिमालयन शेर्पा खेलमा फर्किएको थियो । विसोन गुरुङको कर्नरमा इश्वर गुरुङले बल राम्रोसँग क्लियर गर्न सकेनन् । सोही बलमा अम्रितले ६ यार्ड बक्सभित्रबाट गरेको एक्रोब्याटिक प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।

जुनियरले ८७औं मिनेटमा गोल गरेपछि जावलाखेलले रेलिगेशन संकट टारेको थियो ।

त्यसअघि १३औं मिनेटमा निकोलस फर्नान्डेजले प्रहार गरेको बल गोल नजिक पुगेको थियो । फर्नान्डेजले बक्स भित्रबाट गरेको प्रहारमा शेर्पाका गोलकिपर दीप कार्की बिट भइसकेका थिए । तर, शेर्पाका डिफेन्डर अम्रित श्रेष्ठले गोललाइन नजिकबाट क्लियर गरेका थिए ।

शेर्पाका त्रिदेवले २०औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार सोझै जावलाखेलका गोलकिपर टेकेन्द्र थापाको हातमा परेको थियो ।

फर्नान्डेजको कर्नरमा लोइक इन्जिनिले ३३औं मिनेटमा प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

११ खेलबाट १० अंक जोडेको जावलाखेल रेलिगेसनबाट जोगिनका लागि आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अहिले ११औं स्थानमा रहेको जावलाखेलले अग्रता बचाउन सके करिब करिब रेलिगेशनबाट जोगिने छ ।

यस्तै, समान खेलबाट १३ अंक जोडेको शेर्पा लिग तालिकाको नवौं स्थानमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर