३५० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु – Nepal Press

३५० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९६ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ । पछिल्लो समय एक हजार २७२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ । यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ । कोरोना सङ्क्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय सात लाख ६९ हजार ५७६ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।

अहिले होमआइसोलेशनमा १२ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ५२९, आइसीयूमा १४२ र भेन्टिलेटरमा १७ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *