अमेरिकी सहर एक्रोनमा पौडेलले थाले ‘रबर सिटी’ छायांकन – Nepal Press

अमेरिकी सहर एक्रोनमा पौडेलले थाले ‘रबर सिटी’ छायांकन

काठमाडौं । नेपालको भुटानी शरणार्थी शिविरमा रहँदा नाचगान गर्दै हुर्किएको दिनहरु निर्पाङ घलेको मानस्पटलमा अझै ताजा छन् । जन्मथलो भुटानभन्दा टाढा नेपालमा छँदा उनले समुदायको लागि नाटक देखाए अनि त्यसमै इन्जोय महसुस गरे ।

तर, सन् २०१२ मा अमेरिका पुगेपछि सबथोक रोकियो ।

‘मेरो हृदयभित्र अहिले पनि अभिनय छ’ उनी भन्छन्, ‘तर, जहिलेदेखि म यहाँ आएँ, त्यसबेलादेखि बाँच्नको लागि दुःख गरिरहेको छु ।’

फिल्मको पर्दामा कुनैदिन प्रस्तुत हुनेछु भनेर घलेले कहिल्यै सोचेनन् । तर, यो महिनादेखि उनी अन्य साथीहरुसँगै एक्रोन सहरमा आएपछि बाँच्नको लागि आफ्नो पुस्ताको भुटानी शरणार्थीले गर्नुपरेको संघर्षमा आधारित फिल्ममा चित्रण हुँदैछन् ।

फेव्रुअरी १५, मंगलबारदेखि एक्रोनमा ‘रबर सिटी’ छायांकन सुरु भएको छ जसलाई विनोद पौडेल निर्देशन गरिरहेका छन् । घलेजस्ता एक्रोनमा बसोबास गर्दै आएका आप्रवासीसँगको भलाकुसारी र अनुसन्धानपछि विनोदले फिल्म छायांकन थालेका हुन् ।

अमेरिकामा पुनर्वासमा पुगेका भुटानी शरणार्थीबारे लेखिएको आलेख पढेपछि फिल्म लेख्न सुरु गर्दा विनोदले एक्रोनका भुटानी शरणार्थीको पीडालाई नजिकबाट महसुस गरे ।

‘म छक्क परेको थिएँ । मैले अमेरिकालाई सँधै एउटा विकसित मुलुकको रुपमा मात्र हेरेँ’ विनोद भन्छन्, ‘मैले सोचेँ कि तपाईँले देखेको सपनाका सबै कुरा अमेरिकामा छ । तर, म यसबारे थप जान्न चाहन्थेँ ।’

सन् २०१९ मा ‘बुलबुल’ लेख्दादेखि नै विनोद अमेरिकास्थित आफ्नो नेटवर्कसँग सम्पर्कमा थिए । ठूलो संख्यामा भुटानी शरणार्थीलाई आश्रय दिएको अमेरिकी सहर एक्रोनको महिनौं लामो अध्ययनपछि उनी फिल्म बनाउने निधोमा पुगेका थिए ।

उनी पहिलोपटक एक चिसोयाममा एक्रोन पुगेका थिए जहाँ उनले बन्द गरिएका कारखाना र हिउँले ढाकिएका र खाली गराइएका स्टोर रुमहरु अवलोकन गरे ।

फिल्म रबर सिटीले एक्रोन सहरमा बसोबास गर्दै आइरहेको भुटानी शरणार्थीको तीन पुस्ताको कथा भन्छ । फिल्म आख्यानात्मक भएपनि राम्रोसँग अध्ययन गरेर कथावस्तु लेखिएको निर्देशक पौडेल बताउँछन् ।

पौडेलले फिल्ममा एक्रोनमै बसोबास गर्ने स्थानीय कलाकार र प्राविधिकलाई लिएका छन् । सन् २०१६ मा नर्थहिलबाट एक्रोनमा आइपुगेकी शरणार्थी शान्ता गजमेर पनि फिल्ममा जोडिन उत्साहित छिन् ।

आगामी मार्चमा छायांकन सक्ने लक्ष्य छ । छायांकनपछि केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिने विनोदको योजना छ । ‘यो मेरो लागि स्वप्न प्रोजेक्ट हो’ विनोद भन्छन्, ‘म यहाँका मानिसलाई संस्कृतिको कथा बाँड्न चाहन्छु । सिनेमा त्यो भन्ने शक्तिशाली माध्यम हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *