धौलागिरी लघुवित्तले आईपीओ ल्याउँदै – Nepal Press

धौलागिरी लघुवित्तले आईपीओ ल्याउँदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ हजार कित्ता साधारण आईपीओ ल्याउन लागेको हो ।

आईपीओ प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता फागुन ४ गते भएको हो ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

सो संस्थाले २०७५ फागुन १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *