नेप्से परिसूचक ५३ अंकले वृद्धि – Nepal Press

नेप्से परिसूचक ५३ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा आज सुधार आएको छ । ५३.३० अंकले वृद्धि भएर आज परिसूचक २७५४.२८ अंकमा पुगेको छ । आइतबार १०१ अंकले घटेको सेयर बजार सोमबार ०.०८ प्रतिशतले बढेको थियो ।

आज ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रूपैयाँको आज सेयर कारोबार भयो । जसमा २ सय २४ वटा कम्पनीको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

न्यादी हाइड्रो पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर कारोबार भएको छ ।

सो कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४ सय रूपैयाँकोको कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *