अग्रता जोगाउन नसक्दा फ्रेन्डससँग बराबरीमा रोकियो जावलाखेल – Nepal Press

अग्रता जोगाउन नसक्दा फ्रेन्डससँग बराबरीमा रोकियो जावलाखेल

काठमाडौं । फ्रेन्ड्सविरुद्ध ३–३ गोलको बराबरी खेलेसँगैै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशनबाट दबावमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेलले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो ।

बराबरीसँगै जावलाखेलले ११ खेलबाट १० अंक ११औं स्थानमा रह्यो । यता, फ्रेन्ड्स भने ७ अंक सहित १३औ स्थानमा झरेको छ ।

जावलाखेलका लागि लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुप बहादुर लामाले एक गोल गरे । यस्तै, फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गरे भने जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।

यता, त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले ।

दुबै टाेलीले अंक बाँडेपछि रेलिगेशनको दबाव थप बढेको छ । खेलको निर्धारित समयसम्म पनि पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले रेलिगेशनको थप दबाव झेल्नु परेको हो ।

खेलको १०औं मिनेटमा शिशिर लेखीको फ्रिकिकमा बक्सभित्रबाट भुवन बस्नेतले गरेको हेड दोस्रो बारबाट बाहिरियो ।

यस्तै, रुडि जोनाथानपासमा भुवनले बक्सभित्र बल नियन्त्रण गर्न नसक्दा बीबीसीले गोलगर्ने अवसर खेर फाल्यो ।

यस्तै, च्यासलका डिफेन्डर कमल श्रेष्ठको कर्नरमा बक्स भित्रबाट राजिव लोप्चानले २०औं मिनेटमा हेड गर्न असफल भए ।

३२औं मिनेटमा राजिवको पासमा बिकास मराग्लिया बक्स बल कनेक्ट गर्न असफल भए । बराबरीसँगै च्यासल ६ अंक जोडेर तालिकाको पुछारमा रहेको छ । बीबीसी ११ खेलबाट ७ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ ।

जारी लिगमा १० खेलबाट २६ अंक सहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर