कोभिड खोप छानबिन समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन : खोप नहराएको निष्कर्ष – Nepal Press

कोभिड खोप छानबिन समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन : खोप नहराएको निष्कर्ष

काठमाडौं । कोभिड-१९ विरुद्ध २४ लाख मात्रा खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष निकालेको छ । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले उक्त निष्कर्षसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ ।

छानबिन समितिले धेरै स्थानबाट खोप लगाएकाको विवरण अध्यावधिक गर्न बाँकी रहेकाले तथ्यांक फरक देखिएको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख छ । समितिले माघ सबै प्रदेश जिल्ला तथा पालिकालाई प्राप्त खोप, लगाइएको र खेर गएको खोपको विवरण अध्यावधि गर्न भनेको थियो।

अध्यावधिक विवरण अनुसार खोप नहराएको र हिसाब मिलेको छानबिन समितिका एक सदस्यले जानकारी दिए । अझै केही स्थानको विवरण आउन बाँकी रहेको र छिट्टै उक्त विवरण पनि अपडेट गरिने उनको भनाई छ ।
संसदीय समितिमा स्वास्थ्य सचिव रोशन पोखरेलले २४ लाख डोज खोप हराएको बताएपछि विवाद निम्तिएको थियो । समितिले छानबिनको लागि दुई साताको समय पाएको थियो । उक्त प्रतिवेदनलाई पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरिने स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *