भ्यालेन्टाइन्स विशेष गीतमा रोमान्टिक देखिए पल र पूजा : लन्च भयो ‘म यस्तो गीत गाउँछु २’ शीर्ष गीत – Nepal Press

भ्यालेन्टाइन्स विशेष गीतमा रोमान्टिक देखिए पल र पूजा : लन्च भयो ‘म यस्तो गीत गाउँछु २’ शीर्ष गीत

काठमाडौं । पल शाह र पूजा शर्मा स्टारर रोमान्टिक फिल्म ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन्स विशेष गीत इन्टरनेट लन्च भएको छ । सुदर्शन थापा निर्देशित फिल्म फागुन १३ गते रिलिज तयारीमा छ ।

‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल र पूजा फिचर्ड छन् ।

रिलिज गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले नृत्य निर्देशन गरेको गीतमा सौरभ लामाको छायांकनको छ ।
पूजा र सुदर्शनले मिलेर निर्माण गरेको फिल्ममा जन्मजय साम्पाङ राई सहनिर्माता छन् । फिल्मको ट्रेलरसहित गीतहरु ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ले यसअघि नै चर्चा बटुलेका छन् ।

हेर्नूस गीत :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *