हिमालयन जनरल ईन्स्योरेन्सको सीईओमा विजय शाह – Nepal Press

हिमालयन जनरल ईन्स्योरेन्सको सीईओमा विजय शाह

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले श्री विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार समालेका छन् ।

शाहले भने, ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ ।  आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’

हिमालयन जनरल ईन्स्योरेन्समा आबद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उनले सो कम्पनीमा ४ वर्षसम्म सेवा प्रदान गर्दै आएका थिए ।

हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने, ‘बीमा क्षेत्रमा शाहको राम्रो अनुभव र बुझाई छ । उनले कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा  पुर्‍याउन उहाँँको उल्लेखनीय योगदान रहनेछ । उहाँँबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *