चारदेशीय टी-२० शृङ्खलाः अन्तिम खेलमा आयरल्यान्डको सामना गर्दै नेपाल – Nepal Press

चारदेशीय टी-२० शृङ्खलाः अन्तिम खेलमा आयरल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेल आयोजक ओमानलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपालल युएईविरुद्ध २५ रनले हारेको थियो ।

यस्तै,आयरल्यान्डले पहिलो खेलमा ओमानमाथि ९ विकेटको सहज जित निकाल्दा दोस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो ।

नेपाल र आयरल्यान्ड ट्वान्टी २० क्रिकेटमा हालसम्म दुई पटक आमने सामने भएका छन् । जसमा नेपाले दुवै खेलमा पराजय बेहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर