आईपीएलमा विकेनन् सन्दीप, सचिन पुत्र अर्जुन मुम्बईमा – Nepal Press

आईपीएलमा विकेनन् सन्दीप, सचिन पुत्र अर्जुन मुम्बईमा

काठमाडौं । नेपालका युवा स्पीनर सन्दीप लामिछानेले यो सिजन इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट खेल्ने सम्भावना सकिएको छ ।

आइतबार साँझ सम्पन्न मेगा अक्सनमा १० वटै फ्रेन्चाइज सन्दीपलाई खरिद गर्न अनिच्छुक देखिए ।

पहिलो चरणमा विक्री नभएका सन्दीपको आईपीएल खेल्ने सम्भावना, आईतबार साँझ भएको एक्सिलेरेटेड अक्सनमा कुनैपनि टोलीले उनको नाम नलिएपछि सकिएको हो ।

पहिलो चरणमा नविकेका खेलाडीलाई खरिद गर्न चाहने टोलीलाई नाम बुझाउन फ्रेन्चाइज क्लबलाई दुईपटक अवसर दिइएको थियो । तर नाम दिएका खेलाडीलाई ती टोलीले खरिद गर्नु नै पर्छ भन्ने बाध्यता थिएन । कुनैपनि टोलीले सन्दीपको नाम लिएनन् ।

सन्दीपलाई गत वर्ष दिल्ली क्यापिटल्सले रिलिज गरेको थियो । यो वर्ष सन्दीपले आफ्नो ‘बेस प्राइस’ ४० लाख भारतीय रुपैयाँ राखेका थिए । सन् २०१८ मा मेगा अक्सनबाट २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले सन्दीपलाई लिएको थियो । मेगा अक्सन हरेक तीन वर्षमा हुन्छ।

मुम्बई इन्डियन्सले सचिन तेन्दुलकरका छोरा अर्जुनलाई ३० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको छ। गत सिजन पनि अर्जुन मुम्बईमा थिए। अर्जुनलाई एक्सिलेरेटेड अक्सनमा मुम्बईले लिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर