ए डिभिजन लिगः संकटा र एपीएफको गोलरहित बराबरी – Nepal Press

ए डिभिजन लिगः संकटा र एपीएफको गोलरहित बराबरी

काठमाडौं । विभागिय एपीएफ क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आइतबार भएको दोस्रो खेलमा औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने थुप्रै अवसर हरुलाई सदुपयोग गर्न सकेनन् । बराबरी सँगै दुवै टोलीले अंक बाँडेका छन् ।

खेलको ११औं मिनेटमा संकटाले अग्रता लिने अवसर गुमाएको थियो । सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युया कुरियामाले बचाएका थिए ।

यस्तै, ३४ औं मिनेटमा एपीएफ अग्रता लिनबाट चुक्यो । नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रसर बार माथिबाट बाहिरियो ।

संकटाका रोमन लिम्बुले ६० औं मिनेटमा फ्री किकमार्फत गरेको प्रहार एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा निरज बस्नेत बललाई कनेक्ट गर्न सकेन्न ।

खेलको ६१ औं मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।

यस्तै, ६७औं मिनेटमा संकटाका ओलुवा सोगोको क्रसमा उत्तम राईले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गालकिपरले उत्कृष्ट बचाउ गर्दै पन्च आउट गरिदिए ।

रोसन परियारले ७४औं मिनेटमा निरज बस्नेतलाई दिएको ब्याकपास एपीएफका फरवार्ड आभाष लामिछानेले खोस्दै वान भर्सेज वानमा बक्स भित्रबाट गरेको प्रहार संकटाका गोल किपर राजाबाबु थापाले क्लियर गरिदिए ।

खेलको ८४औं मिनेटमा एपीएफले बक्स नजिकै फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा एपीएफका कप्तान नविन लामाले गरेको प्रहार संकटाका गोलकिपरले बचाए ।

बराबरीसँगै संकटा १० खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने, एपीएफ ११ अंक जोड्दै नवौं स्थानमा एथावत छ ।

योसँगै लिगमा १०औं चरणको खेलहरु सहिएका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब ६ अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर