एनएसएलमा तीन नयाँ टोली थपिए – Nepal Press

एनएसएलमा तीन नयाँ टोली थपिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संकरणका लागि तीन नयाँ टोली थपिएका छन् ।

आइतबार आयोजक नेपाल स्पोर्ट एन्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गर्दै तीन नयाँ टोली सार्वजानिक गरेको हो । पूर्वको दुई टीम झापा एफसी, स्पोर्टिङ इलाम दि मेची र मधेसको बिरगंज युनाइटेड एफसी आगामी चैत्र २६ बाट सुरु हुने दोस्रो संस्करणको लिगका लागि थपिएका हुन् ।

यसपटक आयोजकले एनएसएलका खेलहरु पोखरा र काठमाडौं गरी दुई सहरमा हुने जनाएका छन् ।

पहिलो संस्कणमा सात टोलीहरू विराटनगर सिटी एफसी, चितवन एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी थिए ।

गत सिजनको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर