जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ – Nepal Press

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोलाप्रथाबाट सेयर पाएका छन् ।

सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो । ०.५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि पाउने छन् ।
आइपीओमा मागभन्दा ६७.८६ गुणा बढी आवेदन परेको थियो ।

लघुवित्तको आइपीओ माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको थियो ।

मेरोसेयर, बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट सेयर परेको वा नपरेको हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *