आयंकाको पास्नीमा ममी प्रियंकाको सन्देश : प्यारी बदाम, धेरै चाँडो नहुर्कनू, मैले भनेको मान्नू ! – Nepal Press

आयंकाको पास्नीमा ममी प्रियंकाको सन्देश : प्यारी बदाम, धेरै चाँडो नहुर्कनू, मैले भनेको मान्नू !

काठमाडौं । मामु बनेपछि प्रियंका कार्कीको दैनिकी घरायसी तरिकाले बितिरहेको छ । छोरी आयन्कालाई उनले जन्म दिएको पनि पाँच महिना बितिसक्यो । प्रियंको भने मामुको ड्युटी निर्वाह गर्दैछिन् ।

पाँच महिना पुगेकी आयंकाको पास्नी शनिबार भएको छ । यो मेसोमा उनले सामाजिक संजालमा आयंका र आफ्ना क्यान्डिड तस्बिरहरु सेयर गरेकी छिन् र आयंकालाई सन्देश पनि ।

प्रियंकाले मर्मस्पर्शी शब्दहरु आयंकाको लागि लेखेकी छिन् । ‘धन्यवाद प्यारी बदाम । मलाई मामु बनाएकोमा धन्यवाद । मलाई साना पलहरुको अनुभूति गराउन मद्दत गरेकोमा धन्यवाद । मलाई संसार पत्ता लगाउन मद्दत गरेकोमा धन्यवाद । न्यानो मुस्कानको लागि धन्यवाद । धेरै चाँडो नबढ्नू, मैले भनेको मान्नू’ प्रियंकाले आयंकाको लागि लेखेकी छिन् ।

तस्बिरमा ममी प्रियंकाले छोरी आयंकालाई भात खुवाइरहेको देख्न सकिन्छ । आमाछोरी क्यूट देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *