युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन – Nepal Press

युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र जितेन्द्र मुखियालाई मौका दिइएको छ ।

पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालका ११ खेडालीमा आसिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विवेक यादव, सन्दीप लामिछाने, कमलसिंह एरी, जितेन्द्र मुखिया र साहव आलम रहेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर