चारदेशीय शृङ्खलामा युएईको सामना गर्दै नेपाल – Nepal Press

चारदेशीय शृङ्खलामा युएईको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वमप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खला अन्तर्गत दोस्रो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल युएईविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एक हार बेहोरेको छ ।

नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर