ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य – Nepal Press

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन जोड्यो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

५८ रन जोड्दा ४ विकेट गुमाएको ओमानका कप्तान जिसन मकसुद र मोहम्मद नदिमले अर्धसतकीय साझेदारी गरे। उनिहरुले पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेका हुन् । अविनाशले उक्त साझेदारी तोडेका थिए। मकसुदले अविजित ४३ रन जोडे भने नदिमले ३१ रन बनाए ।

घरेलु टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । उनले १८ औँ ओभरमा थप दुई विकेट लिएका थिए । उनले चार ओभरमा २६ रन खर्चिए ।

चार ओभरमा कमलले २५ र दीपेन्द्रसिंह ऐरीले २१ रन दिए। सन्दीपले ३ ओभरमा १७ रन दिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सागर ढकालको डेब्यु भने स्मरणीय रहन सकेन । उनले तीन ओभरमा ३६ रन खर्चिए भने विकेट लिन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर