कप्तान सन्दीप लामिछानेले लिए विकेट – Nepal Press

कप्तान सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं । चार देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा ओमानसँग खेलिरहेको नेपालले कसिलो बलिङ गरेको छ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले १० ‌ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको छ । सन्दीप लामिछाने, अविनाश बोहरा, कमल सिंह ऐरी र आरिफ शेखले विकेट लिएका हुन्।

ओमानले तेस्रो ओभरको अन्तिम बलमा प्रजापतीलाई अविनाशको बलमा गुमाएको हो। चौथो ओभरको पहिलो बलमै आरिफले अर्का ओपनर जतिन्दर सिंहलाई आउट गरे। आरिफले व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका हुन् । कमलले छैटौँ ओभरको तेस्रो बलमा विकेट लिए ।

१० ‍‍औँ ओभरको तेस्रो बलमा सन्दीपले विकेट हात पारे। उनी टीट्वेन्टी अन्तर्राष्ट्रि विकेट पुरा गर्न २ विकेटले मात्र टाढा छन्। सन्दीपको दुई ओभर बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर