घट्दै कोरोना संक्रमणदर, २१ हजार परीक्षणमा ११२८ पोजेटिभ – Nepal Press

घट्दै कोरोना संक्रमणदर, २१ हजार परीक्षणमा ११२८ पोजेटिभ

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ११२८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा कोभिड संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् भने २२१५ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित संख्या २७ हजार ४४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले खोप लगाएका छन् ।

साथै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय दैनिक कोरोना संक्रमणदर ओरालो लाग्दै आएको छ भने आजको संक्रमणदर ५.३ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *