ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्दै, यस्तो छ प्लेइङ-११ – Nepal Press

ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्दै, यस्तो छ प्लेइङ-११

काठमाडौ‌ । चार देश सम्मिलित टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ। ओमानविरुद्ध उत्रदै नेपालका सागर ढकाल र विवेक यादबले टीट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन्।

नेपाली टोलीको प्लेइङ-११ का अन्य सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख,कमलसिंह ऐरी, शरद भेषावकर र अविनाश बोहरा छन्।

यसअघि टीट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानसँग एकपटक भिडेकामा नेपालले त्यसमा हार ब्यहोरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर