नेतृत्वको पहिलो परीक्षामा सन्दीप – Nepal Press

नेतृत्वको पहिलो परीक्षामा सन्दीप

: ५० विकेटको ‘माइलस्टोन’ नजिक

काठमाडौं । नेपालसहित चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आजबाट ओमानमा सुरू हुँदैछ । युवा कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

दुई महिनाअघि नेपाली क्रिकेटमा हलचल ल्याउने निर्णय गर्दै नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लाई कप्तानबाट बर्खास्त गरी सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । व्यापक विवाद र दबाबका बाबजुद (क्यान) सो निर्णयमा अडिग रह्यो । र, सन्दीप नै नेपालको सबै फर्म्याटका कप्तानका रूपमा ‘सेटल’ भएका छन् । ओमान भ्रमण उनका लागि पहिलो परीक्षा हुनेछ ।

सन्दीप नेपाली क्रिकेटले पाएका अहिलेसम्मकै ठूला स्टार हुन् । विश्वभरका टी-२० फ्रेन्चाइजहरूको डिमान्डमा रहेका उनी नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका छन् । खासगरी नेपालको बलिङ आक्रमण उनीमा धेरै निर्भर छ । अब टिमको कप्तानसमेत भएपछि सन्दीपको बोझ निकै गह्रुँगो हुनेछ ।

उमेरले २२ वर्ष मात्रै भए पनि सन्दीप अहिलेको टिमका सबैभन्दा अनुभवी बलरका रूपमा रहेका छन् । नेपाली टिमको बलिङ नै अहिले प्रमुख चिन्ताको विषय बनेको बेला नेपालका लागि सन्दीपको व्यक्तिगत प्रदर्शन निकै महत्वपूर्ण छ । साथै, सन्दीपले टिमलाई कसरी कप्तानी गर्छन् भन्ने पनि नजिकबाट हेरिनेछ ।

राष्ट्रिय टिमको नेतृत्व पहिलोपटक पाएको भएता पनि सन्दीपसँग कप्तानीको अनुभव नै नभएको भने होइन । यसै वर्ष सम्पन्न भएको एभरेष्ट प्रिमियर लिगमा उनले काठमाडौं किङ्स ११ को कप्तानी गरेका थिए । क्रिकेटिङ सेन्स राम्रो भएकाले सन्दीप कप्तानका रूपमा पनि सफल हुन सक्ने आशा गरिएको छ । टिमका सिनियर र जुनियर खेलाडीबीच संयोजककारी भूमिका खेलेर सबैको विश्वास जित्नुपर्ने चुनौती उनमा छ । प्रशिक्षक पुबुदु दासानायेके र सन्दीपबीच राम्रो तालमेल मिल्न सक्ने विश्वास गरिएको छ । क्रिकेट संघको निर्णय विवादमा परेका बेला नवनियुक्त प्रशिक्षक दासानायेकेले सन्दीपलाई समर्थन जनाएका थिए ।

उमेरले २२ वर्ष मात्रै भए पनि सन्दीप अहिलेको टिमका सबैभन्दा अनुभवी बलरका रूपमा रहेका छन् । नेपाली टिमको बलिङ नै अहिले प्रमुख चिन्ताको विषय बनेको बेला नेपालका लागि सन्दीपको व्यक्तिगत प्रदर्शन निकै महत्वपूर्ण छ । साथै, सन्दीपले टिमलाई कसरी कप्तानी गर्छन् भन्ने पनि नजिकबाट हेरिनेछ ।

नेपालले आज पहिलो खेल आयोजक ओमानसँग खेल्दैछ । ओमान आफैंमा बलियो प्रतिद्वन्द्वी हो नेपालका लागि । १७ जना खेलाडीहरू लिएर गएको नेपालले अन्तिम ११ मा को-कोलाई उतार्छ भन्ने महत्वपूर्ण प्रश्न हो । यसमा सन्दीपको भूमिका महत्वपूर्ण हुन सक्छ । ब्याटिङ पंतिमा पहिलो ४ जनाको स्थान लगभग तय छ ।

ओपनरका रूपमा कुशल भुर्तेल र आसिफ सेख आउनेछन् भने ज्ञानन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी उनीहरूलाई पछ्याउँछन् । त्यसपछिको मध्यक्रम र तल्लो मध्यक्रममा नेपालसँगै विकल्पहरू छन् । विकेटको अवस्था हेरेर ब्याट्सम्यान तथा बलरहरूको निधो गर्नुपर्ने छ कप्तान र प्रशिक्षकले ।

सन्दीपले विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत सन् २०१६ मा नामिबियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी नेपाली क्रिकेट टिमका कान्छा कप्तानसमेत बनेका छन् ।

गत सेप्टेम्बरमा ओमानमै भएको विश्वकप लिग २ मा सन्दीपले सनसनीपूर्ण प्रदर्शन गरेका थिए । सोही प्रदर्शनका आधारमा उनी आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ पनि चुनिएका थिए । यस्तो उपाधि पाउने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

५० विकेटको माइलस्टोननजिक

सन्दीप व्यक्तिगत प्रदर्शनमा पनि ५० विकेटको माइलस्टोननजिक छन् । हालसम्म टी-२० मा नेपालबाट उनले सर्वाधिक ४७ विकेट लिइसकेका छन् । यदि आफ्नो लयमा देखिए भने आजकै म्याचमा उनको ५० विकेट पूरा हुन पनि सक्छ ।

सन्दीपसँगै मध्यम गतिका बलर करण केसी पनि ५० विकेटको माइलस्टोन नजिक छन् । करन सन् २०१५ देखि खेलिरहेका करणले नेपालका लागि ४४ विकेट लिइसकेका छन् । यद्यपि, सन्दीपको जस्तो प्रदर्शनमा एकरूपता उनको छैन ।

नेपालले ओमानमा कम्तीमा ८ वटा टी-२० खेल्दा यी दुवै बलरका लागि विकेटको अर्धसतक पूरा गर्ने चुनौती र अवसर छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेल खेलेका सन्दीपको बलिङ इकोनोमी ६.८१ रहेको छ । ३३ खेल खेलेका करणको बलिङ इकोनोमी ७.३८ छ ।

सन्दीपले विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत सन् २०१६ मा नामिबियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी नेपाली क्रिकेट टिमका कान्छा कप्तानसमेत बनेका छन् ।

सन्दीपको सर्वोत्कृष्ट बलिङ फिगर २० रन खर्चिएर ४ विकेट लिएका छन् । यस्तै, करणको नाममा १७ रन खर्चिएर ४ विकेट लिएको सर्वोत्कृष्ट बलिङ फिगर छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनको पूर्वसन्ध्यामा नेपालले शुक्रबार ओमानसँग खेल्‍दै छ । पछिल्लो समय निकै आक्रामक बनिरहेको ओमानसामु सन्दीपले गतिलो प्रदर्शन गर्न सके आइपीएल फ्रेन्चाइजहरूको उनीतर्फ ध्यान जान सक्छ । दिल्ली डेयर ड‍ेभिल्सले लगातार तीन सिजन आबद्ध गरेर गत सिजन रिलिज गरेपछि सन्दीप आईपीएलबाट बाहिरिएका थिए ।

गएको सिजन आईपीएलका लागि भएको मिनी अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले लिएनन् । यद्यपि बिग बास लिग-बीबीएलका लागि भने उनी छनोटमा परेका थिए । गत महिना भएको बीबीएलमा सन्दीपको प्रदर्शन सन्तोषजनक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर