११ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार – Nepal Press

११ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । सेयर बजार आज पनि घटेको छ । ११.९६ अंकले सेयर बजार घटेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८०१.५६ अंकमा झरेको छ ।

साताको अन्तिम दिन आज ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीका ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार भएको छ । सो कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *