स्वर्गिय लामा टेन्डी सेर्पा स्मिृती बास्केटबल फागुन २ गतेदेखि हुने – Nepal Press

स्वर्गिय लामा टेन्डी सेर्पा स्मिृती बास्केटबल फागुन २ गतेदेखि हुने

काठमाडौं । नेपाल बास्केटबल संघ(निबा)ले स्वर्गिय लामा टेन्डी सेर्पा मेमोरियल महिला तथा पुरुष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै निबाले प्रतियोगिता फागुन २ देखि १२ गतेसम्म कुन १९ टोलीको सहभागितामा आयोजना गर्ने जानकारी दिएको छ ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टोलीको सहभागिता रहने छ ।

पुरुष तर्फको खेलमा बंगलादेशको नेभी टिम र उपत्यका बाहिरका दुई टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष टोलीको विजेताले समान ५० हजार पुरस्कार पाउने छन् । त्यस्तै, दोस्रोले २५ हजार पाउँदा मोस्ट भ्यालुएवल खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

नेपाल बास्केटबल महासंघका महासचिव नरेन्द्र थापा प्रतियोगितालाई निरन्तरता दिने बताए ।

‘यो प्रतियोगिता निरन्तर हुनेछ । बास्केटबलबीचमा सहयोग गर्ने हातहरु धेरै थिएन । अब हाम्रो कार्यक्रम धेरै गर्ने तयारी छ । उमेर समूहका खेलकुद प्रतियोगिता पनि धेरै हुनेछ । त्यसको सरुवात यो प्रतियोगिता हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर