शोधनान्तर घाटा अहिलेसम्मकै उच्च – Nepal Press

शोधनान्तर घाटा अहिलेसम्मकै उच्च

काठमाडौं । राष्ट्रबैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शोधनान्तर घाटा अहिलेसम्मकै उच्च देखिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा शोधनान्तर घाटा २४१ अर्ब २३ करोड रुपैयाँ रहेको हो । गत आर्थिक वर्ष यही अवधिमा १२४ अर्ब ९२ करोड बचत रहेकोमा यो वर्ष २४१ अर्ब पुगेको हो ।

आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिकी डलर २ अर्ब २ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले अमेरिकी डलर बचत रहेको थियो ।

चालु आर्थिक वर्षको मसंसिर महिनामा मात्र करिब ४५ अर्ब शोधनान्तर स्थिति घाटामा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *