घरदैलोमै सुजुकीको ‘वर्कसप अन ह्वील’ सेवा – Nepal Press

घरदैलोमै सुजुकीको ‘वर्कसप अन ह्वील’ सेवा

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गस अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मतको लागि ‘वर्कसप अन ह्वील’ सुरू गरेको छ । स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घरदैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् ।

कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मतलगायतका काम गर्नेछ ।

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ भने, ‘यो नयाँ पहल हाम्रो ग्राहकमाझमा ल्याउन पाउँदा हर्षित छौं । यो चारपांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *