करिब आठ महिनाको उपचारपछि स्वदेश फर्किइन् साम्बा – Nepal Press

करिब आठ महिनाको उपचारपछि स्वदेश फर्किइन् साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) करिब आठ महिनाको उपचारपछि मंगलबार स्वदेश फर्किएकी छन् ।

उनलाई एन्फा महिला कमिटी अध्यक्ष पेमा लामा र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

एपीएफ क्लबबाट घरेलु लिग खेलिरहेकी साबित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि उपचारका लागि कतार गएकी थिईन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चैतमा हुने राष्ट्रिय महिला लिगबाट मैदानमा उत्रिनसक्ने बताइन् । लामो समयको उपचारपछि मैदान फर्किँदा पहिला भन्दा धेरै मिहेनत गर्न बाँकी रहेको उनले बताइन् ।

उनले भनिन्, ‘एकदमै खुसी छु । फिट अझै भएको छैन् । पहिलाको भन्दा अझै मिहेनत गर्न बाँकी छ । मेरो रिहाब फलोअफ अनुसार राष्ट्रिय महिला लिगबाट नै मैदानमा देख्न पाइन्छ । एसियन कप साथीहरु खेलिरहँदा मैले मोबाइलमा नै हेरेर चित्त बुझाए ।

राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किदा साम्बाको घुँडामा गम्भिर चोट लागेको थियो ।

दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । उनको उपचार अखिल नेपाल फुटबल संघ ९एन्फा० को पहलमा कतारमा भएको हो ।

चोटका कारण लिगका अन्तिम दुई खेल गुमाएकी साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् ।

महिला लिगमा अपराजित रहँदै उपाधि जितेको एपिएफबाट उनले १० खेलमा ४३ गोल गरेकी थिइन् ।

राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी साम्बा नेपालको मात्र नभएर दक्षिण एसियाकी उत्कृष्ट फरवार्डका रुपमा परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर