महाप्रबन्धक नहुँदा हेटौंडा सिमेन्टको उत्पादन र बिक्री ठप्प – Nepal Press

महाप्रबन्धक नहुँदा हेटौंडा सिमेन्टको उत्पादन र बिक्री ठप्प

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग डेढ महिनादेखि महाप्रबन्धकविहीन छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको हो । महाप्रबन्धक नहुँदा उद्योगको उत्पादन र बिक्री ठप्प छ ।

नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले उद्योगको काम लथालिङ्ग भएको सिमेन्ट उद्योगले बताएको छ ।

उद्योगको ढुंगा धुलो पकाउने मेसिन बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ । पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको हो ।

बिग्रिएको मेसिन चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले बताएको छ ।महाप्रबन्धक नहुँदा हेटौंडा सिमेन्टको उत्पादन र बिक्री ठप्प

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग डेढ महिनादेखि महाप्रबन्धकविहीन छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको हो । महाप्रबन्धक नहुँदा उद्योगको उत्पादन र बिक्री ठप्प छ ।

नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले उद्योगको काम लथालिङ्ग भएको सिमेन्ट उद्योगले बताएको छ ।

उद्योगको ढुंगा धुलो पकाउने मेसिन बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ । पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको हो ।

बिग्रिएको मेसिन चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *