आठ महिनाको उपचारपछि मंगलबार स्वदेश फर्किदै साम्बा – Nepal Press

आठ महिनाको उपचारपछि मंगलबार स्वदेश फर्किदै साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) करिब आठ महिनाको उपचार पछि मंगलबार स्वदेश फर्किँदैछिन् ।

एपीएफ क्लबबाट घरेलु लिग खेलिरहेकी साबित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि उपचारका लागि कतार गएकी थिइन् ।

खेलको ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किदा साम्बाको घुँडामा गम्भिर चोट लागेको थियो ।

दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । उनकाे  उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो ।

चोटका कारण लिगका अन्तिम दुई खेल गुमाएकी साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् ।

महिला लिगमा अपराजित रहँदै उपाधि जितेको एपिएफबाट उनले १० खेलमा ४३ गोल गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर