१५ अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार – Nepal Press

१५ अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार वृद्धि भएको छ । आज सेयर बजार १५.६९ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक ०.५५ प्रतिशतले वृद्धि भएर २८५१.८६ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब २ करोड २० लाख १७ हजार रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । २ सय २४ वटा कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

साताको दोस्रो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सेयर मूल्य ८.४२ प्रतिशतले वृद्धि भएको छ । आज यो नै सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनी हो । निफ्राको नै सबै भन्दा धेरै कारोबार भएको छ । आज सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *