अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जित्यो – Nepal Press

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जित्यो

एजेन्सी । इजिप्टलाई पेनाल्टी शुटआउटमा इ पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । यो खेललाई इंग्लिस क्लब लिभरपुलका दुई सुपरस्टार साडियो माने र मोहम्मद सलाहबीचको प्रतिष्ठाको लडाईं मानिएको थियो ।

जहाँ मानेको टोली सेनेगलले उपाधि जित्यो । आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।

क्वाटरफाइनलमा मोरक्कोमाथि अतिरिक्त समय र सेमिफाइनलमा आयोजक क्यामरुनमाथि पेनाल्टीमा जित हासिल गरी फाइनल पुगेको मोहम्मद सलाहको इजिप्टले उपाधिका लागि निर्णायक पेनाल्टीमा भने चुक्न पुग्यो । इजिप्टका मोहम्मद अब्देलमोनेम र मोहनद नसिमले पेनाल्टीमा गोल गर्न सकेनन् भने सेनेगलका बोउना सारले पेनाल्टीमा गोल गर्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर