७० प्रतिशत जनसंख्यालाई खोप लगाएकोमा नेपाललाई अमेरिकाद्वारा बधाई – Nepal Press

७० प्रतिशत जनसंख्यालाई खोप लगाएकोमा नेपाललाई अमेरिकाद्वारा बधाई

काठमाडौं । लक्षित जनसंख्याको ७० प्रतिशतलाई कोभिड-१९ विरुद्धको खोप लगाउने उपलब्धी हासिल भएकोमा अमेरिकाले नेपाललाई बधाई दिएको छ ।

अमेरिकी दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै महामारीविरुद्ध नेपाललाई उपलब्ध गराउँदै आएको सहायता निरन्तर हुने जनाएको छ । अमेरिकाले महामारीविरुद्ध नेपाललाई २३ लाखभन्दा बढी खोप र १२० मिलियन डलरभन्दा बढी सहायता दिएको जनाएको छ ।

जुलाई १२ मा अमेरिकाले नेपाललाई १६ लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो भने अक्टोबर २५ मा १ लाख ६२० मात्रा फाइजर खोप दिएको थियो ।

लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने कार्य पुरा भएकोमा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई बधाइ दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *