सेन्ट्रल जोन विजेता खेलाडीलाई सम्मान – Nepal Press

सेन्ट्रल जोन विजेता खेलाडीलाई सम्मान

काठमाडौं । गत पुसमा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीप विजेता नेपाली टोलीका सदस्यले जनही ५ लाख रुपैयाँ पाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रमबीच खेलाडी सदस्यहरुलाई जनही ५ लाख रुपैयाँ दिएको हो । यस्तै दुई जना प्रशिक्षकले जनही तीन लाख र एक जना अफिसियलले दुई लाख रुपैयाँ पाएका छन् ।

पुस १६ गते सम्पन्न फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो ।

यस्तै माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्‍याएका राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र जुनियर ब्याडमिन्टनको विश्व वरियतामा शीर्षस्थानमा पुगेका प्रिन्स दाहाललाई पनि मन्त्रालयले सम्मानित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर