राष्ट्र बैंकले भन्यो- अपरिचित व्यक्तिले बैंक खाताबारे जानकारी मागे नदिनुस् – Nepal Press

राष्ट्र बैंकले भन्यो- अपरिचित व्यक्तिले बैंक खाताबारे जानकारी मागे नदिनुस्

काठमाडौं । विभिन्न बैंक तथा वित्तिय संस्थाको नक्कली फेसबुक पेजबाट सम्पर्क गरी खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले त्यसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मोबाइल बैङ्किङमार्फत पासवर्ड र ओटीपी नम्बर मागेर पैसा झिक्ने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन् । अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा यसबारे थुप्रै उजुरी परेका छन् ।

खातावालाको बैङ्क खाताबारे जानकारले मात्र होइन अन्धाधुन्ध सम्पर्क गरेर यस किसिमको आपराधिक गतिविधी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अपरिचित व्यक्तिलाई कुनैपनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल वा अन्य डिभाईस एवम् एपीपीका पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्छ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्छ ।’

राष्ट्र बैंकल‍े सर्वसाधारणका लागि विभिन्न ७ बुँदे सूचना जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *