फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १४२ रुपैयाँ – Nepal Press

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १४२ रुपैयाँ

काठमाडौं । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) को लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमस १ सय ४२ र १ सय २५ रुपैयाँ कायम गरेको छ ।

साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले बढाएर बिक्री मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर एक सयले बढाएर प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर एक हजार ९५ कायम गरिएको छ ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसाले घटेर घटेर आए पनि अझै निगमलाई प्रति सिलिण्डर ५ सय ६० रुपैयाँ घाटा हुँदासमेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

प्रतिक्रिया

One thought on “फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १४२ रुपैयाँ

  1. घाटा नै भय यकैपटक घाटा पुर्ति हुने हिसबले बृद्दि गराै किस्तावन्दिमा किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *