१९ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार – Nepal Press

१९ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाडौँ । आज सेयर बजार १९.२९ अंकले वृद्धि भएको छ । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८९१.३३ अंकमा पुगेको छ ।

६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँको सेयर कारोबार भएको छ । आज २ सय २३ वटा कम्पनीको १ करोड २१ लख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वीन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोको भएको छ । सो कम्पनीको आज ३९ करोड १ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *